कतारकी राजकुमारीको ‘प्रेममा पागल’ पूर्वड्राइभरलाई ३ वर्ष प्रतिबन्ध

कतारकी राजकुमारीको ‘प्रेममा पागल’ पूर्वड्राइभरलाई ३ वर्ष प्रतिबन्ध


ग्लोब नेपाल
378
Shares

लन्डन । बेलायतको वेस्टमिन्स्टर म्याजिस्ट्रेट अदालतले लण्डनका एक व्यक्तिलाई कतारकी राजकुमारीलाई पिच्छा गरेको र उत्पिडन गरेको अभियोगमा सजाय सुनाएको छ ।

लन्डन अदालतबाट सजायँ पाउनेमा ४७ वर्षीय अबुसलह हुन्, जो यसअघि राजकुमारीको सवारी चालकको रूपमा कार्यरत थिए । ड्राइभरमाथि अनावश्यक रूपमा राजकुमारीलाई पिछा गरेको आरोप लगाइएको थियो ।

इहाद अबुसलहले आराेप स्वीकार गरेका छन् । तर अदालतमा राजकुमारी र उनीबीच गहिरो प्रेम सबन्ध रहेको दावी गरे । उनले प्रेमका लागि राजकुमारीको पिच्छा गरेकाे अदालतमा सुनाए । ‘मलाई लाग्छ कि राजकुमारीले पनि मलाई माया गर्छिन् र हामी दुबै रोमान्टिक सम्बन्धमा छौं,’ अदालत सामु बयानमा उनले भने । 

तर, अबुसलहका वकिलले अदालतलाई भने- ‘उनी मानसिक बिरामी हुन् र भ्रममा परेर उनले श्रीमतीसँग सम्बन्ध विच्छेद गर्नुपरेको थियो ।’

अबुसलहले गत मार्च २०२४ मा राजकुमारीलाई निकै पछ्याउने मात्रै काम गरेनन्, राजकुमारीलाई उपहार र पैसा पनि पठाउन सुरू गरे । समाचार अनुसार ती भुतपुर्व ड्राइभरले राजकुमारीको जन्मदिनमा ब्रासलेट र फूलहरू पठाएका थिए र उनलाई बारम्बार फोन गरेर हैरान गर्ने काम गरिरहेका थिए । 

अबुसलहलाई राजकुमारीले पनि माया गर्छिन् र उनीहरुबीच रोमान्टिक सम्बन्ध रहेको छ भन्ने भ्रममा परेर श्रीमतीसँग सबन्ध बिच्छेद गरेपछि उनी थप मानसिक रूपमा बिक्षिप्त रहेका छन् । 

अबुसलहलाई अदालतले कम्तीमा ३ वर्षको प्रतिबन्ध लगाउने आदेश दिएकाे छ । अबुसलहलाई राजकुमारी र उनको परिवारसँग सम्पर्क गर्न र उनीहरूको घरको वरिपरि घुम्न प्रतिबन्ध लगाइएको छ।