बलात्कार आरोपमा समातिएका पूर्वमेयर २६ दिनदेखि अस्पतालमा

बलात्कार आरोपमा समातिएका पूर्वमेयर २६ दिनदेखि अस्पतालमा


ग्लोब नेपाल
567
Shares

विर्तामोड । घरेलु कामदारको रूपमा राखिएकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका झापाको बिर्तामोड नगरपालिकाका पूर्व मेयर ध्रुवकुमार शिवाकोटी झण्डै एक महिनादेखि अस्पतालमा रहेका छन् ।

प्रहरीले उनलाई पक्राउ परेकै दिनदेखि बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा राखेको हो । स्वास्थ्यमा समस्या भएको देखिएपछि शिवाकोटीलाई अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

शिवाकोटी अस्पतालमा रहेकै बेला उनको बयान लिएर प्रहरीले शिवाकोटीविरुद्धको अनुसन्धान सकेको छ ।

इलाका प्रहरी कार्यालय, अनारमनीबाट अनुसन्धान सकेर बुधबार जिल्ला सरकारी वकिलको कार्यालय, झापामा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी कार्यालय, झापाकी सूचना अधिकृत प्रहरी निरीक्षक मेहेगी ल्हामु तामाङले जानकारी दिएकी छन । प्रहरीले उनलाई २४ मंसिरमा पक्राउ गरेको थियो ।