काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मानव सेवाभन्दा ठुलो अरू कुनै धर्म नभएको बताएका छन् । मानवसेवा आश्रमको वृत्तचित्र प्रस्तुति कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मावन सेवा जस्तो सत्कार्यले मानव जीवनलाई सार्थक बनाउने भएकाले यसलाई हाम्रो जीवन पद्धतिका रूपमा अपनाउनुपर्ने बताए ।
मानवता र नैतिकतामा सङ्कुचन देखिँदै गरेको अहिलेको हाम्रो समाजलाई सही बाटोमा हिँडाउन मानव सेवाले प्रेरित गर्ने उनले स्पष्ट पारे ।
राष्ट्रपति पौडेलले मानव सेवा आश्रमले आफ्नो स्थापना कालदेखि नै “जसका कोही हुँदैनन् र जसको कोही हुँदैन उनैको सेवामा समर्पित हुने” मानवता प्रवर्ध्दन महाअभियानमार्फत सहयोगापेक्षी सडकआश्रित मानवहरूको मानवोचित व्यवस्थापनसहित औषधोपचार, पालनपोषण र जीवन रक्षाका लागि देखाएको सक्रियता सबैका लागि प्रेरणादायी भएको बताए ।
प्रतिक्रिया