काठमाडौं । जिल्ला प्रशासन कार्यालय, सोलुखुम्बुले हेलिकोप्टर उडानमा बाधा/अवरोध गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले सोमबार सूचना प्रकाशित गरी कारबाहीको चेतावनी दिएका हुन् । ‘नियम अनुसार सञ्चालित हेलिकोप्टर उडानमा अवरोध गर्नाले विपद्, बिरामी उद्धार, पर्यटन प्रवर्द्धन लगायतका समस्या भएको भनी जनगुनासो प्राप्त भएकाले हेलिकोप्टर उडानमा बाधा-अवरोध गर्ने/गराउनेलाई प्रचलित कानुन बमोजिम कडा कारबाही गरिनेछ,’ सूचनामा भनिएको छ ।
सोलुखुम्बुका विभिन्न स्थानमा रहेका हेलिप्याडमा अनधिकृत व्यक्तिहरूले हेलिकोप्टर उडानमा अवरोध पुर्याएको भनी विभिन्न सञ्चारमाध्यमबाट जानकारी पाएकाले कारबाही गर्ने चेतावनी दिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।
प्रतिक्रिया