गाजा युद्धविराम सम्झौता अन्तिम समयमा रोकियो

गाजा युद्धविराम सम्झौता अन्तिम समयमा रोकियो


ग्लोब नेपाल
162
Shares

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजै हुने भनिएको गाजा युद्धविराम सम्झौता अनुमोदनका लागि मन्त्रिपरिषद्बाट सहमति लिन ढिलाई गरेका छन् ।

हमासले सम्झौता अन्तिम समयमा परिवर्तन गर्न खोजेको आरोप लगाउँदै नेतान्याहुले मन्त्रिपरिषद्बाट अनुमोदनका लागि ढिलाई गरेको बताइएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले युद्धविराम सम्झौतामा केही ढिलाई भए पनि आइतबारबाट यो प्रकृया सुरु हुने विश्वास व्यक्त गरेका छन् ।

महिनौंको वार्तापछि इजरायली वार्ताकारहरूले सम्झौतामा सहमति जनाए पनि सुरक्षा मन्त्रिपरिषद् र सरकारबाट अनुमोदन नभएसम्म कार्यान्वयन हुन नसक्ने अवस्था छ । हमासले भने सम्झौतामा प्रतिबद्ध रहेको जनाएको छ ।

तर हमासले अन्तिम समयमा सम्झौता अन्तर्गत रिहा हुने प्यालेस्टिनी कैदीहरूको सूचीमा आफ्ना केही सदस्यहरूलाई थप्न खोजेको बुझिएको छ ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार बुधवार सम्झौताको घोषणा पछि गाजामा इजरायली आक्रमणमा ८० जनाभन्दा बढी मानिसको मृत्यु भएको छ । यो घटनाले पनि सम्झौतामा ढिलाइ भएको बताइएको छ ।