चितवनमा युवकमाथि निर्घात कुटपिट गर्ने असई निलम्बनमा

चितवनमा युवकमाथि निर्घात कुटपिट गर्ने असई निलम्बनमा



चितवन । चितवनमा युवकलाई निर्घात कुटपिट गरेका प्रहरीका असई बुद्धिबहादुर भुजेल निलम्बनमा परेका छन् ।

चितवन जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रका अनुसार घटना पुस १५ गते राति ११ बजे भरतपुर महानगरपालिका-११ तीनखोले गुम्बानजिकै बाइपास रोडमा भएको खुलेको छ ।

असई भुजेल अस्थायी प्रहरी बिट गणेशधाममा कार्यरत थिए ।

सामाजिक सञ्जालमा भिडिओ भाइरल बनेपछि प्रहरीले अनुसन्धान सुरू गरेको थियो ।

डिएसपी ज्ञानकुमार महतोको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनेको छ । उक्त समितिले घटनाबारे छानबिन गरिरहेको छ ।