ठमेलको होटलमा एक युवती मृत फेला

ठमेलको होटलमा एक युवती मृत फेला



काठमाडौं । काठमाडौं ठमेलस्थित ड्रिङकिङ गेस्टहाउसमा एक २१ वर्षीया युवती आइतबार मृत फेला परेकी छन् । जसमा रसुवाको तातोपानी घर भएकी समीरा तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले बताए ।

उनी शनिबार बिहान उक्त होटलमा गएकी थिइन् । तामाङले छारे रोगको औषधि सेवन गर्दै आएको खुलेको छ ।

उनको शव पोस्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको ती अधिकृतले बताए ।