काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरूलाई नेपालमा दर्ता गर्न ताकेता गरेको छ । मन्त्रालयले सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित गर्न दर्ताका लागि सूचना निकालेको हो ।
सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले मन्त्रालयमा सूचीकरण गर्न र सम्पर्क व्यक्ति तोक्न सूचनामार्फत आग्रह गरिएको छ । यसअघि पनि सरकारले फेसबुक, एक्स, टिकटक, लिंक्डइन लगायतका सामाजिक सञ्जाललाई ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ को प्रावधान अनुसार सूचीकरण गर्न आग्रह गर्दै आएको छ ।
सामाजिक सञ्जालको दर्ता, नियमन र निगरानीसम्बन्धी प्रावधान मन्त्रालयको सूचनामा उल्लेख गरिएका छन् । यस कार्यले अनलाइन प्लेटफर्मको जिम्मेवारी बढाउने र डिजिटल स्पेसलाई सुरक्षित तथा मर्यादित बनाउन मद्दत पुग्ने जनाइएको छ ।
प्रतिक्रिया