नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आम आदमी पार्टी र कांग्रेसको व्यापक आलोचना गरेका छन् ।
दिल्ली विधानसभाको चुनावमा भारतीय जनता पार्टी (भाजपा) ले जित हासिल गरे लगत्तै पार्टी मुख्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मोदीले विपत्तिमा परेका मानिसहरू राजनीतिमा आएर राजनीति परिवर्तन गर्नेछु भन्नेहरु बेइमान साबित भएको प्रतिक्रिया दिएका हुन ।
भारतीय सञ्चार माध्यमका अनुसार भ्रष्टाचार अन्त्य गर्ने मुद्दामा जन्मिएको पार्टी आफैं भ्रष्ट साबित भयो भन्दै मोदीले दिल्लीको जनादेश आएको धारणा राखे । मोदीले भ्रष्टाचारको छानबिन गरिनेछ र जसले लुटपाट गरेको छ उसले फिर्ता गर्नुपर्ने समेत बताए ।
विगत ११ वर्ष देखि सत्तामा रहेको आम आदमी पार्टी र अरविन्द केजरीवालले स्वच्छ राजनीति, पारदर्शी राजनीति गर्ने वाचाका गरेपनि भ्रष्टाचारको गम्भीर आरोपमा केजरीवाल फसेपछि भारतीय जनताको मन बदलिएको विश्लेषण गरिएको छ ।
भाजपाले २७ वर्षपछि दिल्ली विधानसभामा बहुमतका साथ पुनरागमन गरेको छ । भाजपाले ७० मध्ये ४८ सिट जितेको छ । यस सँगै ११ वर्ष देखि सत्ताको बागडोर सम्हालेको आम आदमी पाटीका प्रमुख अरविन्द केजरीवालको बहिर्गमन भएको छ ।
सन् २०११÷१२ बाट भ्रष्टाचार विरोधी आन्दोलनको जगमा अन्ना हजारे द्वारा गरिएको भ्रष्टाचार विरोध अभियान बाट आम आदमी पार्टीको जन्म भएको थियो ।


प्रतिक्रिया