सिरहाको देवीदह संरक्षण गर्न आर्थिक अभाव

सिरहाको देवीदह संरक्षण गर्न आर्थिक अभाव



सिरहा । सिरहाको लहान नगरपालिका–१७ मा रहेको देवीदह संरक्षणको अभावमा कुरुप बन्दै गएको छ ।

पर्यटकीय स्थलसमेत रहेको यस क्षेत्रमा बजेट अभावमा पोखरीको वरिपरिका भौतिक संरचना जीर्ण बन्दै गएको हो ।

पूर्व–पश्चिम राजमार्गमा पर्ने लहान बजारबाट ६ किलोमिटर उत्तरतर्फ चुरेका फेदमा रहेको यस दहको उचित संरक्षण गर्न सकिएमा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने निश्चित छ ।

तर देवीदह सामुदायिक वन भित्र पर्ने छ हेक्टर क्षेत्रफलमा फैलिएका यस सिमसार क्षेत्रको संरक्षण र संवर्द्धनका लागि निरन्तर पहल गरेतापनि उल्लेख्य प्रगति हुन नसकेको वन उपभोक्ता समुह तथा देवीदह संरक्षण समितिका अध्यक्ष कपिलेश्वर यादव बताउछन् ।