मेलम्ची खानेपानीको मुख्य पाइप फुट्दा बबरमहलमा बाढी

मेलम्ची खानेपानीको मुख्य पाइप फुट्दा बबरमहलमा बाढी



काठमाडौं । काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेको छ । पाइप फुटेपछि अहिले त्यहाँ वरपर डुबानमा परेका छन् ।

काठमाडौं जिल्ला अदालत अगाडि पाइप फुटेको हो ।

वन परिसर, विशेष अदालत, काठमाडौं जिल्ला अदालत लगायतका सरकारी कार्यालयमा बाढी पसेको छ ।

पाइप फुटेपछि काठमाडौंको खानेपानी नेटवर्क अवरुद्ध हुनेछ । अहिले बबरमहलमा नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरीको टोली खटिएको छ ।