पोखरामा बेलुन पडकिएर घाइते भएका अर्थमन्त्री पौडेलको उपचार कीर्तिपुरको जलन अस्पतालमा

पोखरामा बेलुन पडकिएर घाइते भएका अर्थमन्त्री पौडेलको उपचार कीर्तिपुरको जलन अस्पतालमा


ग्लोब नेपाल
1.4k
Shares

काठमाडौं । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटनको क्रममा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्य घाइते भएका छन् । भ्रमण वर्ष उद्घाटन गर्न पटका पडकाउने क्रममा एक्कासी बेलुनमा समेत आगो लागेर अर्थमन्त्री पौडेल र मेयर आचार्यको गालामा चोट लागेको हो ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न हस्पिटल लगिएको छ। घाइते पौडेललाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइएको हो । अर्थमन्त्री पौडेललाई गण्डकी अस्पताल, पोखरामा प्रारम्भिक उपचार गरेर थप उपचारका लागि काठमाडौं अस्पताल ल्याइएको उनको सचिवालयले जनाएको छ ।

उद्घाटन कार्यक्रमको प्रत्यक्षदर्शीको रुपमा रहेका पत्रकार विष्णुकान्त घिमिरेका अनुसार पटका पड्किएर नसक्दै बेलुन आएपछि आगो लागेको थियो। त्यही बेला प्रमुख अतिथिको रुपमा रहेका अर्थमन्त्री पौडेल र सभापतिको रुपमा रहेका मेयर आचार्यको गालामा आगोको झिल्काले पोलेको थियो।

प्रमुख अतिथि र सभापति घाइते भएपछि केही समय भाग दौडसमेत भएको थियो। अहिले उनीहरु उपचारमा रहेको र कार्यक्रम स्थलमा शुभकामना मन्तव्य सुरु भएको पत्रकार घिमिरेले जानकारी दिएका छन् ।

उद्घाटन समारोहमा दिप्रज्वलन गरिएको थिएन। विद्युतीयमार्फत उद्घाटन गरिएको कार्यक्रममा पटका पड्काउने र बेलुन उडाने कार्यक्रम थियो।