काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज देशभर बादल लागेको छ । यसले गर्दा आज दिनभर बढी जाडो समेत महसुस भएको छ । पहाडी जिल्लाहरुमा पानी पर्ने सम्भावना रहेको छ भने उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना पनि छ ।
पश्चिमी वायुको प्रभाव गएरातिदेखि नेपालमा परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गत २४ घण्टामा गण्डकी र कोशी प्रदेशका एकदुई स्थानमा पानी परेको छ ।
सुदूरपश्चिमको डडेलधुरा तथा कैलालीका केही स्थानमा पनि फाटफुट पानी परेको छ । काठमाडौं उपत्यकामा आज बिहानैदेखि बादल लागेपनि वर्षाको सम्भावना न्यून रहेको मौसमविद्हरुले बताएका छन् । भोलि बिहानदेखि भने विस्तारै मौसम सफा हुँदै जाने छ । हिमाली क्षेत्रमा आंशिक बदली रही एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेपनि घाम लाग्ने हुँदा जाडो कम महसुस हुने छ ।
पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेपनि तापक्रम बढ्ने छ । तराई क्षेत्रमा मौसम सफा रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया