हनुमानढाेकामा शव भेटियो, २ जना पक्राउ

हनुमानढाेकामा शव भेटियो, २ जना पक्राउ



काठमाडौं । काठमाडौंको हनुमानढोकामा रहेको सानो पशुपतिनाथ मन्दिर अगाडि एक जना पुरुषको शव भेटिएको छ ।

बिहान झन्डै ३५ वर्षका पुरुषको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् प्रहरी उपरीक्षक अपिलराज बोहोराले जानकारी दिए । मृतकको पहिचान खुलेको छैन ।

शवको प्रकृति हेर्दा हत्याजस्तो देखिएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ । दुई जनालाई पक्राउ गरेर अनुसन्धा शुरू गरेको प्रहरी उपरीक्षक बोहोराले जानकारी दिए ।

यसैबीच हिजो बल्खुको तरकारी बजार नजिक मृत भेटिएका व्यक्तिको हत्या गरेकाे आशंकामा पक्राउ परेका ६ मध्ये २ जनालाई प्रहरीले छाडेको छ । मकवानपुर घर भएका रामकृष्ण दाहाल मृत भेटिएपछि प्रहरीले ६ जनालाई पक्राउ गरेको थियो ।