जेलबाटै अवकाश पाए सचिव पाण्डेले

जेलबाटै अवकाश पाए सचिव पाण्डेले


ग्लोब नेपाल
2.5k
Shares

काठमाडौं । पुर्पक्षका लागि थुनामा रहेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डे अनिवार्य अवकाश भएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा उनी पुर्पक्षका लागि थुनामा थिए । २०७६ साल फागुन १२ गते सचिवमा बढुवा भएका पाण्डे ५ वर्षे सेवा अवधि पूरा गरेसँगै अवकाश भएका हुन्। पाण्डे हाल केन्द्रीय कारागार सुन्धारामा थुनामा छन्।

शिक्षा सेवाका सहसचिवका रूपमा कार्यरत पाण्डे कर्णाली प्रदेशको प्रदेश प्रमुख, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय हुँदै गृह सचिव बनेका थिए। गृह मन्त्रालयपछि उपराष्ट्रपति कार्यालय पुगेका उनी गृह सचिवकै कार्यकालमा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि प्रहरी हिरासत हुँदै पुर्पक्षका लागि थुनामा पुगेका थिए।