आरतीमा सहभागी हुन प्रधानमन्त्री ओली पशुपतिनाथमा

आरतीमा सहभागी हुन प्रधानमन्त्री ओली पशुपतिनाथमा



काठमाडौं । महाशिवरात्रिको पूर्वसन्ध्यामा आरतीमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली पशुपतिनाथ पुगेका छन् ।

महाशिवरात्रि तथा पशुपति क्षेत्र विकास कोषको संरक्षकसमेत रहेका प्रधानमन्त्री ओली पशुपतिको आरतीमा सहभागी भएका हुन् ।

यस्तै शिवरात्रि पर्वका दिन राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम तय भएको छ ।

त्यसैगरी महाशिवरात्रिको अवसरमा करिब तीन हजार ५०० जना साधुसन्त पशुपतिनाथमा आइपुगेका छन् ।

महाशिवरात्रिमा दर्शनार्थीको सुरक्षार्थ तीन हजार ५११ जना प्रहरी परिचालन गरिनेछ । दर्शनका लागि पशुपतिका चारवटै ढोका बिहान साढे २ बजेदेखि नै खुला गरिनेछ ।

पशुपति क्षेत्र विकास कोषले शिवरात्रिमा मासु, मदिरा, गाँजा, भाङ, चरेस आदिको भण्डारण बिक्रीवितरण तथा ओसारपसारमा प्रतिबन्ध लगाएको छ ।

करिब १० लाख भक्तजनले पशुपतिनाथको दर्शन गर्ने कोषको अनुमान छ ।