काठमाडौं । प्रहरीले आज शिवरात्रिका दिन पशुपतिनाथ मन्दिर परिसरबाट ७५ जना शंकास्पद व्यक्तिहरूलाई पक्राउ गरेको छ ।
नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई स्क्रिनिङ गरिनेछ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरूमध्ये स्क्रिनिङ गरी अपराधमा संलग्न नदेखिएकालाई छाडिनेछ ।
उनीहरूलाई प्रहरी वृत्त गौशाला र जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
शिवरात्रीलाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंसहित विधिन्न सुरक्षा निकायका ४ हजार बढी सुरक्षाकर्मी खटिएका छन् ।
प्रतिक्रिया