म्याग्दीकाे गुइँठेभीरमा जीप दुर्घटना हुँदा चालककाे ज्यान गयाे, ३ जना घाइते

म्याग्दीकाे गुइँठेभीरमा जीप दुर्घटना हुँदा चालककाे ज्यान गयाे, ३ जना घाइते



म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ को गुइठेभीरमा जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।

ज्यान गुमाउनेमा अन्नपूर्ण–४ घरापकी ४० वर्षीया सुनदेवी गौचन रहेकी प्रहरीले जनाएको छ । तीन जनाको पोखरामा उपचार भइरहेको छ ।

दुर्घटनाका कारण अन्नपूर्ण–४ नारच्याङमा आजदेखि शुरू हुन लागेको प्रथम तरुण कप भलिबल प्रतियोगिताको कार्यक्रम आजका लागि स्थगित भएको छ ।