युक्रेनी राष्ट्रपतिको अभिव्यक्तिप्रति अमेरिकी राष्ट्रपतिको आपत्ति

युक्रेनी राष्ट्रपतिको अभिव्यक्तिप्रति अमेरिकी राष्ट्रपतिको आपत्ति


ग्लोब नेपाल
405
Shares

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्ने सम्झौता धेरै टाढा भएको भन्ने अभिव्यक्तिप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीब्र आलोचना गर्दै निन्दा गरेका छन् ।

अमेरिकाले यसलाई धेरै समयसम्म सहन नसक्ने ट्रम्पको प्रतिक्रिया छ । ट्रम्पले जेलेन्स्कीलाई शान्ति चाहँदैनन् भन्ने आरोप लगाउनु अघि सामाजिक सञ्जाल पोस्टमा सो प्रतिक्रिया दिएका हुन । आइतवार लन्डनमा युरोपेली नेताहरूको शिखर सम्मेलनले रुससँग शान्ति सम्झौता भएमा युक्रेनको सुरक्षाको ग्यारेन्टी गर्ने हुनुपर्ने ४ बुँदे योजनामा सहमति जनाएको छ ।

बेलायतका प्रधानमन्त्री केयर स्टारमरले आयोजना गरेको शिखर सम्मेलन युक्रेनलाई समर्थन गर्ने र युक्रेनलाई लिएर पश्चिमा देशहरूबीचको मतभेद कम गर्ने प्रयासको रूपमा यो सम्मेलनलाई लिइएको छ । रुसविरुद्ध पश्चिमा मुलुकहरुले गठबन्धनको प्रयास गरिरहेका छन् ।