काठमाडौं । डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेपछि निष्कासित भएका नेपालीहरूलाई लिएर अमेरिकी चार्टर जहाज काठमाडौँ आइपुगेको छ ।
अध्यागमन कानुन उल्लङ्घन गर्ने केही नेपालीहरूलाई लिएर अमेरिकी चार्टर जहाज बुधबार बिहान १० बजे काठमाडौँ अवतरण गरेको हो । अमेरिकाबाट नेपाल फर्काइएकामाथि अवैध प्रवेश, गैरकानूनी रूपमा बसोबास र अध्यागमन कानून विपरीत काम गरेको आरोप लगाइएको छ ।
ट्रम्पको कार्यकारी आदेशपछि यसअघि नै २७ नेपालीलाई अमेरिकाबाट निकाला गरिसकिएको छ । यसअघि जनवरीमा ६, फेब्रुअरीमा २० र मार्चमा एक जना नेपाली फर्काइएका थिए । तीमध्ये तीन जना नेपालीलाई पानामा डिपोर्ट गरिएको थियो, तर उनीहरूलाई पानामा पु¥याउनुको कारण खुल्न सकेको छैन ।
आज काठमाण्डौ आउने चार्टर जहाज भोलि दिउँसो ३ बजे अल्बानिया हुँदै अमेरिका फर्कने तालिका छ । अमेरिकाले पहिलो चरणमा विभिन्न देशका १४ लाख ४५ हजार ५ सय ४९ जना आधिकारिक कागजातविहीन आप्रवासीलाई देश निकाला गरिने जनाएको छरु। यो सूचीमा एक हजार तीन सय ६५ जना नेपाली रहेका छन् ।
प्रतिक्रिया