काठमाडौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर सहित नौ उच्च अधिकृतहरू आमज एकसाथ अवकाशमा जाँदैछन् ।
प्रहरी महानिरीक्षक कुँवरसँगै अतिरिक्त महानिरीक्षक ‘एआईजी’ हरू टेकप्रसाद राई, कुवेर कडायत, बुद्धि गुरुङ, दुर्गा सिंह र जनक भट्टराई पनि अवकाशमा जान लागेका हुन । त्यस्तै प्रहरी नायब महानिरीक्षक ‘डीआईजी’हरू गणेश चन्द, भोला रावल र ध्रुवराज राउतले पनि ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जाँदैछन ।
प्रहरी प्रमुख विदामा जान लागेपनि सरकारले आगामी महानिरीक्षकको टुंगो लगाएको छैन । एआईजीहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ महानिरीक्षकको प्रतिस्पर्धामा रहेका छन् ।
सरकारले आज बस्ने मन्त्रिपरिषद्बाट प्रहरी महानिरीक्षकमा बढुवा गर्ने तयारी गरेको छ । प्रहरी महानिरीक्षक नियुक्तिमा ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमतालाई आधार मान्ने नियमावलीमा व्यवस्था छ ।
प्रतिक्रिया