वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२५ : नेपाली दक्षिण एसियाको सबैभन्द‍ा खुसी

वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२५ : नेपाली दक्षिण एसियाको सबैभन्द‍ा खुसी



काठमाडौं । वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२५ का अनुसार दक्षिण एसियाको सबैभन्द‍ा खुसी देशमध्ये नेपाल शीर्ष स्थानमा परेको छ ।

डब्लूएचआरका अनुसार दक्षिण एसियामा नेपाल ९२औ स्थानमा रहेको छ ।

पाकिस्तान १०९औ स्थानमा, छिमेकी मुलुक भारत भने ११८औ स्थानमा, श्रीलंका १३३औ स्थानमा, चीन ६८औ स्थान, अमेरिका २४औ स्थान र बंगलादेश १३४औ स्थानमा रहेको छ ।

विश्वमा सबैभन्दा धेरै खुसी हुने देशको शीर्ष स्थानमा फिनल्याण्ड रहेको छ । दोस्रो स्थानमा डेनमार्क, तेस्रो स्थानमा आइसल्याण्ड, चौथौ स्थानमा स्वीडेन, पाँचौ स्थानमा नेदरल्याण्डस्, छैठौं स्थानमा कोस्टारिका, सातौ स्थामा नोर्वे, आठौं स्थानमा इजरायल, नवौं स्थानमा लग्जम्बर्ग र १०औ स्थानमा मेक्सिको रहेको रिपोर्टमा उल्लेख छ ।

जीवनको मुल्यांकन, सकारात्मक सोच, नकारातम्क भावना र जीवनको मुल्‍यांकन तथा भावनाको तुलनात्मक अध्‍ययन गरेर खुसी हुने देशहरुको मापन गरिएको रिपोर्टमा उल्लेख छ ।