सिराहाका सिडिओ किन तानिए गृह मन्त्रालयमा ?

सिराहाका सिडिओ किन तानिए गृह मन्त्रालयमा ?


ग्लोब नेपाल
864
Shares

काठमाडौं। सिराहाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) वासुदेव दाहाललाई गृह मन्त्रालय तानिएको छ। गृह मन्त्रालयले सोमबार दाहाललाई फिर्ता बोलाउँदै उनको स्थानमा दुई दिनअघि कपिलवस्तुबाट मन्त्रालय सरुवा गरिएका विश्व प्रकाश अर्याललाई पठाएको छ।

मन्त्रालयले अर्याललाई गृह ल्याउँदै उनको ठाउँमा दिलकुमार तामाङलाई पदस्थापन गरिएको थियो। गृहस्रोतका अनुसार, सिराहामा दलित समुदायको घर भत्काइएको घटनाको व्यवस्थापन गर्न नसकेको भन्दै प्रजिअलाई मन्त्रालय तानिएको हो। ‘स्थानीय तहसँग कुनै समन्वय नगरेको र मन्त्रालयलाई पनि जानकारी नगराएको पाइएपछि प्रजिअलाई फिर्ता बोलाइएको छ,’ स्रोतले भन्यो।