काठमाडौं । राजावादीहरूको प्रदर्शनमा घाइते भएका एक युवकको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ ।
शुक्रबार दिउँसो भएको राजावादीहरूको प्रदर्शनमा घाइते भएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको उपचारका क्रममा मृत्यु भएको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
प्रदर्शनमा घाइते भएका उनलाई तत्काल उपचारका लागि टिचिङ अस्पताल पुर्याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो ।
त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. सुबास आचार्यका अनुसार युवक घाँटीमा गोली लागेर आएका थिए ।
राजावादीहरूले तीनकुने क्षेत्रमा निजी घर, सरकारी गाडी र मिडियामाथि आक्रमण गरेका थिए ।
प्रतिक्रिया