काठमाडौं । केही दिनयतादेखि काठमाण्डाैमा बाक्लो तुवाँलो लाग्दै आएकाले ‘भिजिबिलिटी’ कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान तथा अवतरण प्रभावित बन्न थालेका छन् ।
केही दिनदेखि काठमाडौंको आकाशमा बाक्लो तुवाँलो लाग्दै आएकाले ‘भिजिबिलिटी’ कम भएर ‘आईएफआर प्रविधिबाट उडान, अवतरण भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख एवम् महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।
उनले भने, ‘बाक्लो तुवाँलोले भिजिबिलिटीमा कमी आएपछि आईएफआर प्रविधिबाट उडान/अवतरण भइरहेको छ । त्यही कारणले साविकको तुलनामा जहाजको व्यवस्थापनमा केही ढिला हुँदै आएको छ । उडान तथा अवतरण भने अहिलेसम्म रद्द गरिएको छैन ।’
विमानस्थलमा अहिले तीन हजार मिटरको भिजिबिलिटी रहेको महाप्रबन्धक निरौलाले जानकारी दिए । उनका अनुसार बाक्लो तुवाँलोका कारण आज बुद्ध एअरका तीन माउन्टेन फ्लाइटमध्ये दुई वटा भैरहवा, एउटा जनकपुर तथा यती एअरलाइन्स र श्री एअरलाइन्सका एक/एक वटा माउन्टेन फ्लाइट भैरहवा ‘डाइभर्ट’ भएका छन् ।
प्रतिक्रिया