कुलमान र हितेन्द्रको मुद्दामा अन्तरिम आदेश जारी नहुने

कुलमान र हितेन्द्रको मुद्दामा अन्तरिम आदेश जारी नहुने


ग्लोब नेपाल
1.6k
Shares

काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी मुद्दामा अन्तरिम आदेश जारी नहुने तर अग्राधिकार दिने निर्णय सुनाएको छ ।

निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पदमुक्त तथा नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको दुवै रिटमा सर्वोच्चले कुलमानको मुद्दालाई अग्राधिकार दिने र शाक्यको मुद्दामा अन्तरिम आदेश जारी गर्न नपर्ने निर्णय सुनाएको हो ।

मंगलबार र बुधवार न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा रिटमाथि सुनुवाई भएको थियो । पटक पटक पेशी सर्दै आएको  कुलमान र हितेन्द्रदेवको रिटलाई मंगलबार भने विशेष प्राथमिकताका साथ सुनुवाई गरिएको हाे ।