काठमाडौं । अल्टिमाको एयरबर्ड किन्नलाई २४ घन्टा अघि नै ग्राहक लाइनमा बसेका थिए । शुक्रबार बिहान ९ बजे खुल्ने पुतलीसडक शंकरदेव क्याम्पसको आडैमा रहेको अल्टिमाको पसल अगाडि बिहीबार साँझ ९ बजेबाट लाइनमा बसेका थिए । २ हजार ५ सय रुपैयाँ पर्ने एयरबर्ड पहिलो ८१ जनालाई ३ सय ६० रुपैयाँमा कम्पनीले उपलब्ध गराएको थियो । उक्त सुविधा लिन २४ घन्टा अगाडि नै पुतली सडकमा लाइन लागेको थियो ।
अल्टिमासँगै जोडिएको पसलका साहुँजीका अनुसार बिहीबार राति ९ बजेबाट ६०–७० जना लाइनमा बसेका थिए । मध्यराति उक्त लाइन बढेर १५० सम्म पुग्यो । शुक्रबार बिहान ७ बजेतिर भिडले पुतली सडकको यातायात अवरुद्ध हुन पुग्यो । सडकमा यातायात सुचारु गर्न प्रहरी र ट्राफिकलाई हम्मेहम्मे परेको थियो ।
प्रतिक्रिया