नाइट क्लबको छत भत्किंदा ६६ जनाको मृत्यु, १५० बढी घाइते, सयौं बेपत्ता

नाइट क्लबको छत भत्किंदा ६६ जनाको मृत्यु, १५० बढी घाइते, सयौं बेपत्ता



डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा ६६ जनाको मृत्यु भएको छ । घटनामा अन्य १ सय ५० जनाभन्दा बढी घाइते भएको अधिकारीहरूले बताएका छन् ।

राजधानीको चार्चित नाइट क्लबको छत खसेर भग्नावशेषमा परिणत भएको हो । मृत्यु हुनेमा पूर्व बेसबल खेलाडी अक्टाभियो डोटेल समेत रहेका छन् । ५१ वर्षीय डोटेललाई भग्नावशेषबाट निकालेर अस्पताल लैजादै गर्दै बाटोमै मृत्यु भएको हो ।

डोमिनिकन रिपब्लिकका लेकप्रिय गायक रुबी पेरेजको कन्सर्ट भइरहेका बेला सो दुर्घटना भएको हो । भग्नावशेषमा हराइरहेका मध्ये गायक पेरेज पनि रहेका छन् । कन्सर्टमा सयौंको संख्यामा मानिसहरु भेला भएका बेला दुर्घटना भएको हो ।

भग्नावशेषबाट मानिसहरुको उद्दारका लागि झण्डै ४ सय उद्दारकर्ताहरु परिचालन गरिएको छ । ठूलो संख्यामा मानिसहरु फसेकाले मृतकको संख्या अझै बढ्न सक्ने आशंका रहेका छ । छत खस्नुको कारण थाहा हुन सकेको छैन ।