गाजामा इजरायली आक्रमण: २९ जनाको मृत्यु

गाजामा इजरायली आक्रमण: २९ जनाको मृत्यु


ग्लोब नेपाल
135
Shares

इजरायली हवाई आक्रमणमा गाजा सिटीको शुजैय्या क्षेत्रमा २९ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन् । यसैगरी, मलबामा केही मानिसहरू फसेको हुनसक्ने गाजा सिभिल डिफेन्सले जनाएको छ ।

गाजा सिभिल डिफेन्सका प्रवक्ता महमूद बसलले उद्धार टोलीहरूले मलबामा फसेका जीवित र मृतकहरूलाई निकाल्ने काम गरिरहेका बताए । फिलिस्तीनी सुरक्षा स्रोतहरूले आक्रमणमा आठ वटा घरलाई निशाना बनाउँदा पुरै क्षेत्रलाई नष्ट गरेको छ । इजरायली सेनाले भने यस बारेमा केही बताएको छैन ।

गाजा स्वास्थ्य अधिकारीहरूका अनुसार चौबिस घण्टामा ३६ शव र ४१ घाइते व्यक्तिहरू अस्पतालमा ल्याइएका छन् । गाजा स्वास्थ्य अधिकारीहरूका अनुसार इजरायलले १८ मार्चमा सैन्य कारबाही सुरु गरेपछि एक हजार ४८२ प्यालेस्टिनीको मृत्यु भएको छ भने तीन हजार ६८८ घाइते भएका छन् ।

साथै, इजरायली आक्रमणले नुसेइरात शहरमा दुई जनाको मृत्यु भएको र एक जनालाई घाइते बनाएको छ । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा कम्तीमा ५० हजार ८४६ प्यालेस्टिनीको मृत्यु भएको छ । मन्त्रालयले मृतकमध्ये कति नागरिक वा लडाकूहरू थिए भन्ने कुरा बताएको छैन ।