चीनले १४५ प्रतिशत अमेरिकी कर वृद्धिको बदलामा थप कर वृद्धिको घोषणा गरेको छ ।
चीनले शुक्रबार अमेरिकी सामानमा कर वृद्धि गरी १२५ प्रतिशत पर्याउने घोषणा गरेको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले विश्वमा व्यापक कर वृद्धि गरेर बजारमा उथलपुथल मच्चाएको आरोप चीनले लगाएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बेइजिङको पछिल्लो चरणको प्रतिशोधका कारण शनिबारदेखि लागू हुने गरी कर १२५ प्रतिशत पुगेको छ । चिनियाँ अर्थ मन्त्रालयले अमेरिकाले चालेको थप कदमलाई नजरअन्दाज गरिने पनि बताएको छ ।
यसैबीच, चिनिया राष्ट्रपति सी जीन पिङले अमेरिकाप्रति लक्षित गर्दै भन्सार दस्तूर बढाउने युद्धमा कोही पनि बिजेता नहुने र विश्वको विरुद्ध जान खोज्नेहरु आफैं एक्लिने चेतावनी दिएका छन् । उनले चीन आफ्नै बलबुता र आफ्नै सिद्धान्तबाट अघि बढेको भन्दै वाह्य वातावरण परिवर्तनले बेइजिङलाई कुनै असर नगर्ने पनि स्पष्ट पारेका छन् ।
स्पेन भ्रमणमा रहेका राष्ट्रपति सीले त्यहाँका प्रधानमन्त्रीसँगको भेटमा विगत सात दशकमा भएको चीनको विकास आत्मविश्वास र कठिन महेनतको परिणाम हो भन्दै कुनै देशको समर्थनबाट नभएको पनि प्रष्ट पारेका छन् ।
प्रतिक्रिया