काठमाडौं । इसाई धर्मगुरु पोप फ्रान्सिसको मृत्यु भएको छ । सोमबार उनको मृत्यु भएको हो ।
उनको ८८ वर्षको उमेरमा भ्याटिकन सिटीमा निधन भएको बीबीसले जनाएकाे छ । भ्याटिकनको कासा सान्ता मार्टामा उनको आज ७ः३५ बजे निधन भएको हाे ।
फ्रान्सिसको पूरा जीवन लर्ड र चर्चको सेवामा समर्पित थियो ।
उनी मिर्गौला र श्वासप्रश्वास सम्बन्धी समस्याबाट पीडित थिए । र, लामो समय अस्पतालमा भर्ना भएर हालै घर फर्किएका थिए ।
उनी अमेरिकी महादेश वा दक्षिणी गोलार्धबाट निर्वाचित हुने पहिलो पोप थिए । उनी सन्त पिटरको सिंहासनमा निर्वाचित हुने पहिलो जेसुइट सदस्य पनि थिए ।
जेसुइटहरुलाई रोममा शंकाको दृष्टिले हेरिन्थ्यो । तर पोप फ्रान्सिस चर्च सुधारका कामबाट परम्परावादीहरुमाझ पनि लोकप्रिय थिए ।
प्रतिक्रिया