सप्तरी । सप्तरीको कञ्चनपुर नगरपालिका–१० बदगामास्थित पूर्व पश्चिम राजमार्गमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आइतबार दिउँसो उदयपुरबाट विराटनगरतर्फ जाँदै गरेको प्र १–०१–००१ ख ३४२० नं. को यात्रु बाहक बस अनियन्त्रित भई दुर्घटना हुँदा अन्य २२ जना घाइते भएका छन् ।
दुर्घटनामा एक महिला र एक पुरुषको घटनास्थलमै मृत्यु भएको थियो । उनीहरुको पहिचान खुल्न सकेको छैन । त्यस्तै दुर्घटनामा गम्भीर घाइते भएका जिल्लाको सप्तकोशी नपा १ का ७५ वर्षीय रत्नबहादुर मगरातीको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
घाइतेहरूको स्थानीय धर्मेश्वर र नगर अस्पतालमा तथा विराटनगरस्थित अस्पतालहरूमा उपचार भइरहेको छ ।
३५ जना सवार रहेका बसका चालक झापा मचिनगर नपा ७ बस्ने ४७ वर्षीय अमृत दर्जीलाई र बस इलाका प्रहरी कन्चनपुरले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।
मृतकहरूको शव राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पोष्टमार्टमका लागि ल्याइएको छ ।
प्रतिक्रिया