पुटिनद्वारा ३ दिने युद्धविरामको घोषणा

पुटिनद्वारा ३ दिने युद्धविरामको घोषणा


ग्लोब नेपाल
108
Shares

रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले तीन दिने युद्धविरामको घोषणा गरेका छन् । दोस्रो विश्वयुद्धको विजय दिवसको अवसर पारेर मे ८ देखि १० सम्म तीन दिनका लागि आकस्मिक युद्धविरामको घोषणा गरेको क्रेमलिनले सोमबार जनाएको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमकन अनुसार किएभले पनि यस्तै आदेश जारी गर्ने अपेक्षा मस्कोले गरेको छ । यस अवधिमा युक्रेनी पक्षबाट युद्धविराम उल्लङ्घन भएमा रुसी सशस्त्र बलले पर्याप्त र प्रभावकारी जवाफ दिने पनि रूसी प्रशासनिक केन्द्र क्रेमलिनले जनाएको छ ।

पुटिनले इस्टरको अवसरमा युद्ध रोक्न पनि यस्तै आदेश जारी गरेका थिए तर, उक्त युद्धविराममा दुवै पक्षले एकअर्कालाई सयौं पटक उल्लङ्घन गरेको आरोप लगाएका थिए ।