महोत्तरी । महोत्तरीको मनरासिश्वा नगरपालिकामा दुई बालकको डुबेर मृत्यु भएको छ ।
सो नगरपालिका– १ बस्ने विकेश कुमार सिंहको १२ वर्षीय छोरा शुभम कुमार सिंह र सप्तरी डाक्नेश्वर नगरपालिका– ९ लखनपट्टी घर भई मामा घर आएका रुपेश सिंहका ११ वर्षीय छोरा आयुष भन्ने आदित्य सिंहको डुबेर मृत्यु भएको हो ।
स्थानीय युवा सुनिल पाण्डेयले सोमबार साँझ मनरासिश्वामा रहेको महादेव मन्दिरको पोखरीमा नुहाउन गएका बेला दुवैको डुबेर मृत्यु भएको जानकारी दिए ।
प्रतिक्रिया