भारतको हवाई आक्रमणपछि अहिलेसम्म के के भए ?

भारतको हवाई आक्रमणपछि अहिलेसम्म के के भए ?


ग्लोब नेपाल
729
Shares

भारतले ‘अपरेशन सिन्दूर’ नाम दिइएको एक सैन्य कारबाही अन्तर्गत पाकिस्तानका विभिन्न स्थानमा हवाई आक्रमण गरेको छ। गत अप्रिल २२ मा भारत-नियन्त्रित कश्मीरमा भएको आक्रमणपछि गरिएको हो, जसमा २६ जना पर्यटकको मृत्यु भएको थियो। भारतले उक्त आक्रमणको दोष पाकिस्तानमाथि लगाएको छ।

भारतको हवाई आक्रमणपछि अहिलेसम्म भएका घटनाक्रमहरु

  • जम्मू-कश्मीरीका पहलगाममा पर्यटकहरुमाथि भएको हमलाको दुई हप्ता पछि, भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका धेरै ठाउँमा हमलाहरू गरिसकेको छ। भारतले यी हमलाहरूलाई ‘अपरेशन सिन्दूर’ नाम दिएको छ।
  • भारतले पाकिस्तानका ९ स्थानमा हमला गरेको दाबी गरेको छ ।
  • पाकिस्तानका विदेश मन्त्री इसहाक डारले आक्रमणमा ८ जना पाकिस्तानी नागरिकको मृत्युको भएको र ३५ जना घाइते भएको पुष्टि गरेका छन् ।
  • कश्मीरमा पाकिस्तानी सेनाको गोलीबारीमा तीन जना भारतीय नागरिकको मृत्यु भएको छ।
  • पाकिस्तान र भारतले धेरै क्षेत्रमा स्कूल र कलेज बन्द गरेका छन्।
  • भारतको सैन्य अपरेशनपछि एयर इन्डिया, स्पाइसजेट र इन्डिगोजस्ता प्रमुख एयरलाइन्सहरूले प्रभावित क्षेत्रका उडानहरू स्थगित गरेका छन् ।