भारतका ५ फाइटर जेट खसालेको पाकिस्तानी सेनाको दावी

भारतका ५ फाइटर जेट खसालेको पाकिस्तानी सेनाको दावी



काठमाडौं । पाकिस्तानको सेनाले भारतका ५ वटा फाइटर जेट खसालेको दाबी गरेको छ ।

फ्रान्समा निर्मित तीनवटा राफेल बिमान र दुइटा रूसमा बनेका लडाकु जहाज खसालेको उसले दावी गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

‘अहिलेसम्म, म तपाईंलाई पुष्टि गर्न सक्छु कि पाँच भारतीय विमान – जसमा तीन राफेल, एक एसयू-३० र एक मिग-२९ र एक हेरोन ड्रोन पनि खसालिएको छ,’ पाकिस्तानको सैन्य प्रवक्ताले अहमद शरीफ चौधरीले रोयटर्सद्वारा सार्वजनिक भिडियोमा भनेका छन् ।

बीबीसीका अनुसार भारतले पाकिस्तानको यस दाबीबारे अहिलेसम्म कुनै जवाफ दिएको छैन ।

यद्यपि भारतको प्रेस सूचना ब्यूरो (पीआईडी) ले आफ्नो ‘फ्याक्ट चेक‘ एकाउन्टको प्रयोग गरेर पाकिस्तानको सैन्य दाबीको खण्डन गरेको छ ।

सोसल मिडियामा आएका पोस्टहरूमा पाकिस्तानले भारतीय सेना ब्रिगेड मुख्यालय नष्ट गरेको दाबी गरिएको छ, जुन गलत भएको पीआईबी फ्याक्ट चेकले जिकिर गरेको छ ।