भारतीय आक्रमणको जवाफ दिने पाकिस्तानको निर्णय

भारतीय आक्रमणको जवाफ दिने पाकिस्तानको निर्णय



काठमाडौं । भारतले पाकिस्तान र कश्मीरमा आक्रमण गरेपछि पाकिस्तानले प्रतिकार गर्न मन्जुरी दिएको छ ।

भारतले गरेको हवाई हमलापछि पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफको कार्यालयले देशको सशस्त्र बललाई प्रतिकारात्मक कारबाही गर्न अधिकार प्रदान गरेको हो ।

भारतले गएराति पाकिस्तानी कश्मीर र अन्य क्षेत्रमा आक्रमण गरेको थियो । यसलाई परमाणु शक्तिसम्पन्न दुई देशबीच दशकौँदेखि चल्दै आएको तनावअन्तर्गत सबैभन्दा ठूलो सैन्य टकराव भएको बताइएको छ ।

भारतले आतंकवादीको संरचना भएका नौ स्थानमा प्रहार गरेको दाबी गरेको छ । नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतीय सैन्य प्रवक्ताले यसलाई मुस्लिम आतंकवादी समूह जैश–ए–मोहम्मद र लश्कर–ए–तोइबाविरुद्धको कारबाही भनेका छन् ।

पाकिस्तानी सेनाका प्रवक्ताले कम्तीमा २६ नागरिकको मृत्यु र ४६ घाइते भएको बताएका छन् ।

याे पनि- भारतका ५ फाइटर जेट खसालेको पाकिस्तानी सेनाको दावी

भारतीय आक्रमण: २ बालबालिकासहित ७ पाकिस्तानीको मृत्यु, ३५ जना घाइते