भारत–पाकिस्तान तनावका कारण भारतद्वारा ३२ विमानस्थलबाट नागरिक उडान बन्द

भारत–पाकिस्तान तनावका कारण भारतद्वारा ३२ विमानस्थलबाट नागरिक उडान बन्द


ग्लोब नेपाल
54
Shares

भारत–पाकिस्तान तनावका कारण भारतले ३२ विमानस्थलबाट नागरिक उडान बन्द गरेको छ । भारतीय सञ्चार माध्यमका अनुसार नागरिक उड्डयन मन्त्रालय (डीजीसीए)ले देशको उत्तरी र पश्चिमी भागमा अवस्थित विमानस्थल नागरिकहरुको लागि बन्द गरेको हो ।

भारतीय विमानस्थल प्राधिकरण र सम्बन्धित उड्डयन अधिकारीहरूलाई नोटम जारी गरिएको छ । नोटममा मे १५ बिहान साढे ५ बजेसम्म विमानस्थल बन्द रहने उल्लेख छ । उधमपुर, अम्बाला, अमृतसर, अवन्तिपुरा, भटिन्डा, भुज, बिकानेर, चंडीगढ, हलवारा, हिन्डन, जैसलमेर, जम्मू, जामनगर, जोधपुर विमानस्थल बन्द गरिएको छ ।

त्यस्तै, कान्डला, कांगडा (गग्गल), केशोद, किसनगढ, कुल्लु मनाली (भुन्तर), लेह, लुधियानालगायतका विमानस्थल सर्वसाधारणको लागि बन्द भएको छ । एयर इन्डियाले जम्मू, श्रीनगर, लेह, जोधपुर, अमृतसर, चण्डीगढ, भुज, जामनगर र राजकोटका उडानहरू मे १५ बिहान साढे ५ बजेसम्म रद्ध गरिएको उल्लेख गरेको छ ।

भारतले पाकिस्तान विरुद्ध अपरेशन सिन्दुरको नाममा आक्रमण गरेपछि दुवै देशहरु एक अर्का विरुद्ध कडा रुपमा उभिएका छन् ।