काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प खाडी मुलुक कतार पुगेका छन् । उनी चारदिने खाडी राष्ट्रको भ्रमणका क्रममा बुधबार कतार पुगेका हुन् ।
दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएपछि उनको यो पहिलो खाडी भ्रमण हो । साउदी भ्रमणपछि उनी कतारको राजधानी दोहा पुगेका हुन् ।
कतार पुग्नुअघि ट्रम्पले सिरियामाथि लगाइएको प्रतिबन्ध हटाउने घोषणा गरेका थिए ।
प्रतिक्रिया