केरुङबाट काठमाडौं ल्याउँदै गरेको ठूलो परिमाणमा सुन बरामद

केरुङबाट काठमाडौं ल्याउँदै गरेको ठूलो परिमाणमा सुन बरामद



काठमाडौं । प्रहरीले केरुङबाट काठमाडौं तर्फ ल्याउँदै गरेको अवस्थामा सामान ढुवानी गर्ने डिब्बाबाट ठूलो परिमाणमा सुन बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, रसुवाले तस्करीको सुन गोसाईंकुण्ड गाउँपालिका–२ बाट सुन बरामद गरिएको डीएसपी हेम शाहीले जानकारी दिए ।

सुनको यकिन परिणाम आउन बाँकी रहेको शाहीले बताए । सुराकको आधारमा प्रहरीले बा.४ख ६२०१ नम्बरको डिब्बा चेकजाँच गर्दा सुन फेला परेको हो ।