अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच वार्ता

अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच वार्ता

रुस-युक्रेन युद्ध अन्त्य हुने दाबी



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच तत्काल वार्ता हुने र युद्धको अन्त्य हुने दाबी गरेका छन् । रुसी राष्ट्रपति भ्लोदोमिर पुटिनसँगको दुई घण्टा लामो फोन वार्तापछि ट्रम्पले वार्ता सौहार्दपूर्ण र सकारात्मक भएको जानकारी दिएका हुन् । उनले युद्ध अन्त्यका लागि सरोकारवाला दुई पक्षकै वार्ता आवश्यक रहेकोमा जोड दिएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ट्रम्पसँगको कुराकानीमा पुटिनले भविष्यमा शान्ति स्थापना गर्नका लागि युक्रेनसँग वार्ता गर्न तयार भएको पनि बताएका छन् । पुटिनले वार्ताको लागि तयार भएको बताए पनि युरोपेली देश र अमेरिकाले राखेको ३० दिने युद्ध विरामको प्रस्तावका बारे केही प्रतिक्रिया दिएको छैन । ट्रम्पले पुटिनसँगको वार्ता सकारात्मक भएको बताए पनि नयाँ खाका तथा युक्रेन रुस वार्ताको बारे भने केही भनेका छैनन ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अहिलेको अवस्थामा सबै कुराको टुङ्गो नलगाई अमेरिका पछि हट्न नहुने बताएका छन । जेलेन्स्कीले भने बारम्बार स्थायी शान्तिको प्रस्ताव राखेका छन् । रुसले यसलाई अटेर गरेमा कडा प्रतिबन्धको सामना गर्नुपर्ने कुरामा समेत जेलेन्स्कीको जोड छ ।

पुटिनसँग फोन वार्ता हुनु अघि ट्रम्पले जेलेन्स्कीसँग कुरा गर्दा युक्रेनको बारे कुनै निर्णय गर्नु सल्लाह गरेर गर्नुपर्ने बताएका थिए । ट्रम्पले सामाजिक सञ्जालमा शान्तिको सम्भावना व्यक्त गर्दै निर्णायक वार्तामा अमेरिका र केही युरोपेली देश रहने बताएका छन् ।