राजावादी प्रदर्शनले प्रहरी सीसीटिभीमा लाखौं रुपैयाँको क्षति, अदालतमा मुद्दा दर्ता

राजावादी प्रदर्शनले प्रहरी सीसीटिभीमा लाखौं रुपैयाँको क्षति, अदालतमा मुद्दा दर्ता



काठमाडौं । चैत १५ गते राजधानीमा आयोजित राजावादी प्रदर्शनका क्रममा प्रहरीले प्रयोग गर्दै आएको १० लाख रुपैयाँभन्दा बढी मूल्यको सीसीटिभी प्रणालीमा क्षति पुगेको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार, प्रदर्शनको बेला विभिन्न स्थानमा जडान गरिएका क्यामेरा र उपकरणहरूमा तोडफोड भएको छ। यसै आधारमा अदालतमा क्षतिपूर्तिको मागसहित अभियोग दर्ता गरिएको हो।

तीनकुने आसपास जडान गरिएका फिक्स क्यामेरा, पीटीजेड क्यामेरा, एसएफपी र एडप्टरहरूमा क्षति पुगेको उल्लेख छ।
प्रहरीले कुल मूल्य करसहित १० लाख ७१ हजार रुपैयाँ बराबरको क्षतिको दाबी गरेको छ।