कांग्रेस महामन्त्री शर्मा सगरमाथा बेस क्याम्पबाटै फिर्ता

कांग्रेस महामन्त्री शर्मा सगरमाथा बेस क्याम्पबाटै फिर्ता


ग्लोब नेपाल
1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा सगरमाथाको शिखर चुम्न यसपटक असफल भएका छन् । मौसमले साथ नदिएपछि उनी तेस्रो बेस क्याम्प नजिकबाट फिर्ता भएका हुन् । सामान्य प्रशिक्षण लिएर सगरमाथा आरोहण गर्न उनी बैशाख २७ गते खुम्बु क्षेत्र पुगेका थिए ।

महामन्त्री शर्माको टोलीले मे २४ मा चुचुरोमा पुग्ने समय तालिका निर्धारण गरिएको थियो । त्यो दिन उनको आरोहण टोलीलाई मौसमले साथ दिएन । त्यसपछि उक्त समय तालिका धकेलेर मे २९ मा पुर्‍याइयो, महामन्त्री शर्माले भने, ‘सोमबारको रात हामी पुन खुम्बु आइसफलको बाटो हिँड्नु थियो, तर बिहानै मौसमको ताजा विवरण दिँदै मित्र दावा शेर्पाले भन्नुभयो– मे २९ को अन्तिम दिन मौसम झनै खराव देखायो । मे २९ पछि आरोहण गर्न पाइन्न, त्यसकारण सगरमाथाको चुचुरो चुम्ने यात्रा यसपाली यत्तिमै बिट मारौंका हौं ।’

खराब मौसमले फर्किएका मंगलबार २७ मा कामिरिता शेर्पा र भारतीय सैनिक टिमले आरोहण गरेको थियो । २२ जना भारतीय सेनाको टोलीले सगरमाथा आरोहण गरेको थियो भने कामिरिताले ३० औं पटक सगरमाथाको चुचुरोमा पुगेका थिए ।

‘ट्रेनिङले उर्जा दिएपछि, काठमाडौ सम्पर्क गरेर अनुमति पत्र मगाएर , (खुम्बु आइसफल पार गर्दै, क्याम्प–१ र २ मा बासबस्दै क्याम्प–३ नजिकबाट फिर्ता भएका हौं, महामन्त्री शर्माले भने, ‘युट्युबमा हेरे भन्दा धेरै जोखिमपूर्ण रहेछ खुम्बु आइसफल ।’

महामन्त्री शर्मा भन्छन्, ‘बैशाख २७ मा बेसक्याम्प पुगेर, छोटो समय ट्रेनिङ लिएर, एउटा निश्चित उचाईसम्मको अनुभव प्राप्त गर्न पाउँदा सन्तोष व्यक्त गर्दै सबैको शुभेच्छाप्रति हृदयले आभार व्यक्त गर्दछु । सगरमाथा त्यहीँ छँदैछ, म यहीँ छँदैछु, तपाईंको शुभेच्छा पाउनेछु नै, अनि समय फेरि आउनेछ नै !’