धादिङको थाक्रेमा पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग बन्द, यात्रु अलपत्र

धादिङको थाक्रेमा पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग बन्द, यात्रु अलपत्र



काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–७ जुंगे खोलाको पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग पूर्णरुपमा बन्द भएको छ । पुलमा क्षति भएपछि अहिले आवागमन रोकिएको छ । डाइभर्सनको काम भइरहेको महादेववेशी प्रहरी चौकी धादिङले जनाएको छ ।

बाटो बन्द हुँदा अहिले काठमाडौं भित्रने र काठमाडौंबाट बाहिरीएका गाडी र यात्रुबीच बाटोमै रोकिएका छन् । पुरानो पुल चर्केको र छेवैमा भ्वाङसमेत परेकाले अहिले गाडी आवागमन पूर्णरुपमा रोकेर डाइभर्सनको काम भइरहेकाे प्रहरीले जनाएको छ ।

पृथ्वी राजमार्ग पूर्णरुपमा बन्द गन्तव्यतर्फ हिँडेका यात्रुहरु बिच बाटोमै अलपत्र परेका हुन् ।