बाजुरामा टेलिकमको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु

बाजुरामा टेलिकमको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु



काठमाडौं । बाजुरामा नेपाल टेलिकमको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुई जना घाइते समेत भएको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान साढे ९ बजेतिर मार्तडीबाट टेलिकमको टावर बनाउन जाँदै गरेको बा ५ च २२०९ नम्बरको गाडी जगन्नाथ गाउँपालिका-२ मा दुर्घटनामा परेको हो ।

उक्त गाडीमा ५ जना सवार रहेको र त्यसमध्ये ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी इकवाल हवारीले जानकारी दिए ।

दुर्घटनामा नेपाल टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्का, चालक नन्दराम महता र जिपमा सवार रवीन्द्र धामीको मृत्यु भएको हो ।

घाइतेहरूको भने परिचय खुलेको छ । जसमा नन्दराम सिरूवा र लोकेन्द्र सिरूवा छन् । उनीहरूलाई उपचारका लागि कोल्टी पठाइएको छ ।