बैतडीको तल्लोस्वराडमा धमाधम विद्युत् विस्तार

बैतडीको तल्लोस्वराडमा धमाधम विद्युत् विस्तार



बैतडी । बैतडीको दुर्गम तल्लोस्वराड क्षेत्रमा विद्युत् विस्तार धमाधम भइरहेको छ । तीन स्थानीय तह मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा विद्युत् विस्तारको काम धमाधम भइरहेको हो ।

‘उज्यालो पञ्चेश्वर’ बनाउने उद्देश्यले विद्युत् विस्तारको काम भइरहेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए ।

पञ्चेश्वर गाउँपालिकामा गएको आर्थिक वर्ष २०७७/७८ देखि नेपाल विद्युत् प्राधिकरणले लाइन विस्तारको काम गरिरहेको छ ।

त्यस्तै चार करोड ९३ लाख रुपैयाँको ठेक्कामार्फत पञ्चेश्वरमा विद्युतीकरणको काम भइरहेको छ ।

अब गाउँपालिकाको वडा नम्बर २ मा केही दिनभित्रै बिजुली बत्ती बाल्ने तयारी भएको अध्यक्ष चन्दले बताए । वर्षाैंदेखि टुकीको भरमा बस्नुपर्ने बाध्यतामा रहेका नागरिक खुशी भएका छन् ।

नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले जिल्लाका विद्युत् सेवा सबै नागरिकको पहुँचमा पुर्‍याउने लक्ष्य रहेको बताए ।