भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन : गृहमन्त्री लेखक

भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन : गृहमन्त्री लेखक



काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको बताएकाे दाबी गरेका छन् ।

बुधबार संघीय संसद भवनको ल्होत्से हलमा पत्रकार सम्मेलन गर्दै आफ्नो संलग्नता नभएको बताएका हुन् ।

‘यो जसरी मेरो संलग्नता देखाएर सामाजिक सञ्जालमार्फत धारणाहरू अभिव्यक्त भएका छन् । यो असत्य कुरा हो । यसमा मेरो कुनै संलग्नता छैन भन्ने कुरा म यहाँहरूमार्फत निवेदन गर्न चाहान्छु,’ उनले भने ।

उनले यस विषयमा संसदमै कुरा राख्न खोजे पनि विपक्षीहरूले अवरोध गर्दा पत्रकार सम्मेलन गर्नुपरेको बताए ।

भिजिट भिसा प्रकरणमा नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग गरिरहेका छन् ।