सरकारको ध्यानाकर्षण गराउन काँग्रेसको विशेष बैठक आइतबार

सरकारको ध्यानाकर्षण गराउन काँग्रेसको विशेष बैठक आइतबार


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पछिल्ला समसामयिक घटनाक्रमबारे छलफल गरी सरकारको ध्यानाकर्षण गराउन आइतबार विशेष बैठक बोलाएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा सभापति गगन थापा, वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा, उपसभापति र महामन्त्रीहरू सहभागी हुनेछन्।

काँग्रेसका एक नेताका अनुसार बैठकमा पछिल्ला घटनाक्रमको समीक्षा गर्दै सरकारसमक्ष उठाउनुपर्ने विषयमा छलफल गरिनेछ। बैठकबाट सरकारको ध्यानाकर्षण गराउने तयारी रहेको उनले जानकारी दिए।

विशेष बैठकपछि सभापति थापाले समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ। उक्त कार्यक्रममा काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यहरूलाई समेत सहभागी गराइने बताइएको छ।