कास्की । गण्डकी प्रदेश सरकारले जारीको गरेको ‘राइड सेयरिङ र सेल्फ ड्राइभ’ सेवालाई कानूनी रूपमा स्वीकृति दिने नियमन तथा व्यवस्थापनसम्बन्धी नियमावली खारेज गनुपर्ने मागसहित गरिएको सार्वजनिक गाडी बन्दका कारण आज सर्वसाधारणको आवतजावतमा कठिनाइ भएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा गण्डकीका गाडी व्यवसायीले नियमावलीको विरोधमा आजदेखि सार्वजनिक यातायात सेवा बन्द गरेका हुन् । सार्वजनिक यातायात सेवा बन्द भएका कारण टाढाटाढा जानुपर्ने सर्वसाधारण समस्यामा परेका छन् ।
पोखरा ट्याक्सी प्रालिका अध्यक्ष शोभाकान्त पौडेलले आफूहरुको आन्दोलनका कारण आज बिहानैदेखि गण्डकी प्रदेशभित्र ट्याक्सी, बस र ढुवानी सेवा पूर्ण रूपमा बन्द भएको बताए । उनले आजदेखि गण्डकीभित्र र जेठ १९ गतेदेखि देशभर गाडी अवरुद्ध गर्ने कार्यक्रम रहेको बताए ।
प्रतिक्रिया