ईभी कर नबढेपछि व्यापारीको करोडौंको लगानी जोखिममा

ईभी कर नबढेपछि व्यापारीको करोडौंको लगानी जोखिममा



काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा विद्युतीय सवारी (ईभी) को भन्सार दर नबढाइने घोषणा भएपछि धेरै व्यापारी अनपेक्षित समस्यामा परेका छन्।

बजेट आउनुभन्दा केही दिनअघि, सरकारले भन्सार दर वृद्धि गर्ने सम्भावना रहेको चर्चा चलेपछि धेरै ईभी आयातकर्ताहरूले अत्यधिक संख्यामा गाडी भित्र्याएका थिए।

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिशअनुसार हरित कर थपिने सम्भावना देखेर व्यापारीहरूले बजेट आउनु अघि नै स्टक बढाएका थिए। तर, बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले वातावरणमैत्री सवारीलाई प्रोत्साहन दिने भन्दै भन्सार दर यथावत् राख्ने निर्णय गरे।

अब ती व्यापारीहरू आफ्नो स्टक बिक्रीमा चुनौती खेप्न सक्ने अनुमान गरिएको छ। मागभन्दा बढी आयात गरेकाले नाफा कमाउने योजनामा रहेका व्यापारी उल्टै घाटामा पर्ने जोखिममा परेका छन्।